जनमतलाई सरकारमा समेट्ने सत्ता गठबन्धनमा सहमति
काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमतलाई सरकारमा समेट्ने समझदारी गरेका हुन् ।
‘जनमत सरकारमा आउँछ भने सरकारमा ल्याउने समेट्ने समझदारी भयो । कुन मन्त्रालय दिने प्रधानमन्त्रीले मिलाउनु हुने छ’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘सरकारको नेतृत्व प्रचण्ड कमरेडले गर्नु भएकाले मुख्य नेतृत्वले नै थोरै कमप्रोपाईज गर्नुपर्ने जस्तो छ ।’
जनमत सरकारमा आएमा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर ल्याउने तयारी गरिएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए । सरकारमा आउन वातावरण मिलाए आउन तयार रहेको राउतले बचन दिएका थिए । त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर राउत नेतृत्वको पार्टीलाई सरकारमा ल्याउने समझदारी बनेको हो । जनमतले उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण