जनमतलाई सरकारमा समेट्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमतलाई सरकारमा समेट्ने समझदारी गरेका हुन् ।
‘जनमत सरकारमा आउँछ भने सरकारमा ल्याउने समेट्ने समझदारी भयो । कुन मन्त्रालय दिने प्रधानमन्त्रीले मिलाउनु हुने छ’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘सरकारको नेतृत्व प्रचण्ड कमरेडले गर्नु भएकाले मुख्य नेतृत्वले नै थोरै कमप्रोपाईज गर्नुपर्ने जस्तो छ ।’
जनमत सरकारमा आएमा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर ल्याउने तयारी गरिएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए । सरकारमा आउन वातावरण मिलाए आउन तयार रहेको राउतले बचन दिएका थिए । त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर राउत नेतृत्वको पार्टीलाई सरकारमा ल्याउने समझदारी बनेको हो । जनमतले उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज