बाँके जिल्लालाई 'शैक्षिक हब' बनाउन सकिन्छ : सहमहामन्त्री राठौर
नेपालगन्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल गर्ने बताएका छन् ।
सोमबार नेपालगन्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रथम वार्षिक उत्सव कार्यक्रममा उनले मध्य र सुदूर पश्चिमको शैक्षिक गन्तव्यका रूपमा रहेको बाँके जिल्लालाई सरकारले शैक्षिक हबका रूपमा विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए ।
बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका राठौरले हुने खानेका छोराछोरी काठमाडौँ लगायत अन्य क्षेत्रमा गएर अध्ययन गरे पनि यस प्राविधिक विश्वविद्यालयले गरिब र निम्न वर्गका जनताले बाँकेमै प्राविधिक शिक्षा पाउने बताए ।
कोरा शिक्षाले बेरोजगार उत्पादन गर्ने भएकाले अहिलेको आवश्यकता प्राविधिक शिक्षा नै भएको उनको भनाइ छ ।
उनले भने,'बाँकेवासीको लागि विश्वविद्यालय स्थापना हुनु गर्वको कुरा हो । राम्रा विद्यार्थी उत्पादन गर्नका लागि शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने आवश्यकता रहेका छ । नेपालगन्जमा अध्ययन गर्ने विद्यार्थीलाई अन्यत्र अध्ययन गरेका विद्यार्थीहरू भन्दा गुणस्तरीय शिक्षाका साथै राम्रो अंक ल्याउने बनाउन विश्वविद्यालयले शिक्षाको स्तर कसरी वृद्धि गर्न सकिन्छ धेरै काम गर्न आवश्यक रहेको छ ।'
यस्तै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले यो विश्वविद्यालय लुम्बिनी प्रदेशको गौरवको योजना भएकोले यसलाई आवश्यक बजेट तथा नीति निर्माण गर्नमा प्रदेश सरकारको ध्यान रहने कुराको आश्वासन दिए । मुख्यमन्त्री चौधरीले विश्व विद्यालयका लागि सेवा समिति समेत नियुक्त गरिसकेको र अव अन्य कुराहरु क्रमशः पूर्णता दिँदै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण