रातोपाटीकर्मी गिरी ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार’बाट सम्मानित
काठमाडौँ । रातोपाटीकर्मी कुबेर गिरी ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । छायाँछवि क्रियसनको आयोजनामा सोमबार रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित डि सिने अवार्ड २०७६/०७७ को अवार्ड वितरण समारोहमा गिरीलाई नगद सहित सम्मान गरिएको हो ।
कार्यक्रममा अभिनेत्रीत्रय बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी सिंह र छायाँछवि क्रियसनका अध्यक्ष शान्ती प्रिय लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान गरेका थिए ।
कार्यक्रममा अभिनेता अर्जुन श्रेष्ठ र हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘छायाँछबी रजत सम्मान’ प्राप्त गरे । यी दुबैलाई पनि अभिनेत्रीत्रय बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी सिंह र छायाँछवि क्रियसनका अध्यक्ष शान्ती प्रिय लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान गरेका थिए ।
कार्यक्रममा कलाका विभिन्न माध्यमबाट नेपाली चलचित्र, गीतसंगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पु¥याएका कलाकर्मीलाई पनि ‘छायाँछबी सम्मान’ प्रदान गरियो । यो सम्मान अभिनेता तथा मोडल दिनेश के.सी., चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राबिधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुबेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधी लगायतले प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
-
उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा, बोरा किन्न नसक्दा उत्पादित सिमेन्ट गोदाममै थन्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण