कांग्रेसका ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसका ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज मध्यान्ह ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार भोलि बोलाइएको जिल्ला सभापतिको भेलाका सन्दर्भमा सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच छलफलका हुने छ । बैंठकले जिल्ला सभापतिको छलफलको एजेण्डा तय गर्न उनको भनाइ छ ।
पराजुलीका अनुसार पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेको छ । उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफलको एजेन्डा हने बताए ।
कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
-
बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण