कांग्रेसकाे लुम्बिनी प्रदेश सम्मेलन भाद्र महिनामा हुने
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आफ्नो प्रदेश सम्मेलन आगामी भाद्र महिनामा गर्ने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको भालु भाङमा बसेको बैठकले भाद्र महिना मसान्तभित्र सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवं सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरूप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीबीच समन्वयका साथ अगाडी बढ्ने निर्णय गरेको बताए ।
कांग्रेस लुम्बिनीले भातृ तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समितिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।
प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिँदै ग्राउन्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण