कर्णाली प्रदेशसभा बैठक : बजेट पुस्तक नपाएपछि एमालेको आपत्ति
सुर्खेत । कर्णालीमा बजेटमाथिको छलफल अन्तर्गत मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ । बुधबार कर्णाली प्रदेशसभाको २० औं बैठकमा प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफल चलाइने कार्यसूची रहेको थियो । यद्यपि छलफल गर्नुपर्ने मन्त्रालयको बजेट पुस्तक सांसदको हातमा नआएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनायो ।
एमाले सांसद जितबहादुर मल्लले सुरुमै बजेटमाथिको छलफल अगाडि नबढाउन सभामुख नन्दा गुरुङलाई आग्रह गरे । ‘बजेटमाथिको छलफल भनिएको छ, सबै माननीयको हातमा विषयगत मन्त्रालयका किताबहरु प्राप्त भएको छैन,’ उनले भने, ‘सम्भवत एकदिन अगाडि, भएसम्म समय मिलाएर अध्ययन गर्न सक्ने वातावरण मिल्ने गरि किताब दिनुपर्छ । त्यसपछि मात्रै सल्लाह, सुझाव दिनुपर्ने हो ।’
सबैभन्दा धेरै कार्यालय रहेको सामाजिक विकास मन्त्रालयको बजेट किताब अहिलेसम्म प्राप्त गर्न नसकिएको भन्दै उनले बैठक रोक्न आग्रह गरे ।
एमाले प्रमुख सचेतक टेकराज पछाईले पनि किताब प्राप्त नभइकनै छलफल चलाइनु उपयुक्त, नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरे । लगत्तै सत्तापक्ष कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पुस्तक नआएको विषय हटाएर आएको विषयमा छलफल गर्न सभामुखलाई आग्रह गरे । सभामुख गुरुङले पनि सामाजिक विकास मन्त्रालय र प्रदेसभाको बजेटमाथिको छलफलको कार्यसूची हटाएर कानुन मन्त्रालयको छलफल अगाडि बढाइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण