सहरलाई व्यवस्थित नहुनुको कारण फोहोर व्यवस्थापन हो : मन्त्री गुरुङ
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले सहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छन् ।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताइन् ।
मन्त्री गुरुङले सहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत बन्नुपर्ने बताइन् । उनले स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन नसक्दा पनि सहर व्यवस्थापन चुनौती बनिरहेको बताइन् ।
मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताइन् । उनले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गरिन् । उनले अन्तर मन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताइन् ।
मन्त्री गुरुङले अन्तर मन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण