आन्दोलनका लागि तयारी अवस्थामा रहन देशभरका राहत शिक्षकहरूलाई सर्कुलर
काठमाडौँ । राहत शिक्षकहरूले संघीय शिक्षा ऐनमा आफ्ना मागहरू सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले ऐनमा आफुहरूले उठान गरेका माग सम्बोधन नगरेको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । समितिले देशैभर सर्कुलर गर्दै आन्दोलनका लागि तयारीमा अवस्थामा रहन भनेको हो ।
अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले जारी गरेको सर्कुलरमा मन्त्रिपरिषद्मार्फत संसद्मा पेश हुन लागेको ऐनमा आफुहरूका माग सम्बोधन हुने सम्भावना न्यून रहेको भन्दै आन्दोलनको लागि तयार रहन भनेको हो । देशभरका ४० हजार भन्दा बढीको संख्यामा रहेका राहत शिक्षकहरूले पेशागत स्थायित्वको माग राख्दै आएका छन् । विगतमा पटक–पटक आन्दोलन गर्दै आएको स्मरण गराउँदै अब पनि माग पुरा नभएको खण्डमा अन्तिम चरणको आन्दोलनको लागि तयार रहन भनेका हुन् ।
पाइपलाईनमा रहेको शिक्षा ऐनको मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयले सहमती दिएर हाल मन्त्रिपरिषदमा पेश हुने तयारीमा छ । शिक्षा ऐनको मस्यौदामा आफुहरूले उठाएका मागहरूका विषय, विभिन्न समयमा भएका सम्झौता र सहमती विपरित शिक्षा मन्त्रालय एकलौटी ढंगले पञ्चायती शैलीमा सम्बन्धित सरोकारवाल निकायहरुसँग छलफल नगरि अगाडी बढ्ने संकेत देखिएकोप्रति उनीहरूले आपत्ति जनाएका छन् ।
अहिलेकै परिवेशमा संघीय शिक्षा ऐन जारी भए हजारौंको संख्यामा राहत शिक्षक पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आउने सक्ने गम्भिर उनीहरूको भनाई छ । शिक्षा मन्त्रालय र अभिभावकीय संस्था नेपाल शिक्षक महासंघलाई तीन दिनभित्र ठोस निकास दिन अलटिमेटम दिएका छन् । त्यो बेला ठोस निकास नदिएको खण्डमा शसक्त रुपमा मैदानमा उत्रिन बाध्य हुने उनीहरूको भनाई छ ।
पेसाबाट विस्थापित हुनुपर्ने बाध्यताको बीचमा राहत शिक्षकको आन्दोलनको राप र ताप विस्फोट गर्नु उनीहरूको भनाई छ । त्यसका केन्द्रीय समितिले संकेत गर्नसाथ काठमाडौं ओर्लन देशभरका सबै राहत शिक्षकहरुमा आह्वान गरिएको हो ।
_TGyYhWZYp6.jpg)
_LGSmx1kvS9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण