गृहमन्त्री श्रेष्ठद्वारा मानवीय सहायता स्थलको निरीक्षण
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको सिनामंगलमा रहेको मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन गरेका छन् । बुधवार मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्काल उद्धार कार्यमा खटिने मानवीय सहायता स्थलको अवलोकन गरेका हुन् । सरकारले देशका विभिन्न ११ स्थानमा मानवीय सहायता स्थल बनाइ विपद् न्युनिकरण एवं व्यवस्थापनका लागि काम गरिरहेको छ ।
अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्कालै सहायता गर्न जानसक्ने श्रोत, साधन र जनशक्ति एवं सामग्रीहरुको निरीक्षण गरेको बताए । उनले विपद् न्युनिकरणका लागि सरकारले धेरै सुधार गर्नुपर्ने र सोहीअनुसार सरकार अघि बढिरहेको पनि बताए ।
‘नेपाल विपद्को जोखिमयुक्त देश हो भन्ने थाहा छँदैछ । त्यसैले हामीले मन्त्रालयअन्तर्गत विपद् जोखिम शाखा, र इकाइहरु बनाएर काम गरिरहेका छौँ’ गृहमन्त्री श्रेष्ठले भने, ‘मानवीय सहायता स्थल ११ स्थानमा बनाएर काम गरिरहेका छौँ । विपद्का लागि तत्कालै सहायता गर्न सुगम स्थलमा जहाँबाट तत्काल सहायता पठाउन सकियोस्, त्यसमध्ये यो एउटा हो र यसमा हामीले काम गरिरहेका छौँ । विपद् जोखिम न्युनिकरण र व्यवस्थापनका लागि विगतका अनुभवबाट शिक्षा लिँदै आवश्यक तयारीका काम अघि बढाइरहेका छौँ ।’
मन्त्री श्रेष्ठले सरकारले जोखिमलाई न्युनिकरण र व्यवस्थापनको तयारी व्यवस्थित र प्रभावकारी बनाएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण