हामीलाई प्रधानमन्त्रीको राजीनामा चाहिएको छ : अध्यक्ष ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा चाहिएको बताएका छन् ।
राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन आवश्यक रहेको ओलीले बताए ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद् बैठक अवरुद्ध पारेका थिए । त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै आफ्नो पार्टीलाई चाहिएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन । नराम्रो गर्दैगर्दै आएर अव राष्ट्रिय स्वाभिमान, स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले स्पष्टीकरण दिनु भन्यो, कहाँ ? हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिएको छ ।’
त्यस अवसरमा ओलीले प्रधानमन्त्री दाहालले केही पनि राम्रो काम नगरेको जिकिर समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी राजदूत माएडाले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
९८ वर्षको इतिहासमा पहिलोपटक दुई जना मिस इङ्ग्ल्यान्ड घोषित
-
नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण