रामेछापको सुनापति–१ का वडा अध्यक्षमाथि आक्रमण प्रयास, शिक्षक पक्राउ
काठमाडौँ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईंमाथि आक्रमण प्रयास गएको छ । गुन्सी स्थित वडा कार्यालयमा शिक्षक नीराजन लामाले उनलाई आक्रमण प्रयास गरेका हुन् ।
लामाले बुद्धको मूर्तिले प्रहार गर्दा सेवाग्राही स्थानीय देवीप्रसाद गौतम घाइते भएका छन् । आक्रमण गर्ने शिक्षक दोलम्बा सैलुङ गाउँपालिका–६ स्थित बुद्धेश्वरी आधारभूत विद्यालय तिमालडाँडाका शिक्षक हुन् । मापसे गरेर अध्यक्षलाई तथानाम गाली गर्दै आक्रमण प्रयास गर्ने शिक्षकलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।
मंगलबार मादक पदार्थ सेवन गरेर वडा कार्यालयमा आएका लामाले ‘मेरो टोलमा जाने बाटो कहिले बन्छ ?’ भन्दै आक्रमण गरेको स्थानीयहरू बताउँछन् । आफूतर्फ हानेको मूर्तिले लागेर देवी प्रसादको आँखा र मुखमा चोट लागेको सुनापति–१ का वडा अध्यक्ष ध्रुव चौलागाईंले रातोपाटीलाई जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण