‘बगान’को ट्रेलर रिलिज, एकल महिलाले फिल्म निःशुल्क हेर्न पाउने
काठमाडौँ । असार २९ गतेबाट नेपालभर रिलिज हुने फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ६ जना विशिष्ट एकल आमाहरूलाई सम्मान गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्दै निर्माण युनिटले एकल महिलाले फिल्म देशैभर निःशुल्क हेर्न पाउने घोषणा गरेको हो ।
कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता सरोज खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो फिल्म हेर्न पाउन भन्ने उद्देश्यले निःशुल्क हेर्ने व्यवस्था गरेको बताए ।
तीन मिनेटको फिल्मको ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने विषयको मतभेदलाई प्रस्तुत गरिएको छ । अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् भने नव अभिनेत्री प्रमीला कार्की मानन्धरकी छोरीको भूमिकामा छन् ।
फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमीला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।
स्वप्निल नीरवको कथामा आधारित रही बनेको यो फिल्मबाट अभिनेता खनालले निर्देशन डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण