मल आपूर्तिका समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस् : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले चाहिने बेलामा मल आपूर्ति नगर्ने र त्यसको असर कृषकलाई पार्नु नहुने बताए ।
सांसद पौडेलले कृषि उत्पादनमा असर पर्दा समग्र खाद्य चक्रमा नै असर पर्ने भन्दै सरकारले यसबारेमा समयमा नै सोच्न जरुरी रहेको बताए । उनले रासायनिक मल सार्वजनिक खरिद वा जिटुजीको प्रक्रिया जुनकुनैबाट गरेपनि खरिदका लागि समयसीमा निर्धारण गर्नुपर्ने बताए ।
उनले भने, ‘चाहिने बेलामा मल नआउने र त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्ने, जनताको जीवनमा पर्ने जुन स्थिति छ, यसलाई शिघ्र अन्त्य गर्नका निम्ति तत्काल मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति चाल्नुपर्ने कदमका लागि प्रभावकारी रुपमा कदम चालियोस् । हाम्रो माग कति हो, त्यसको आधारमा माग यकिन होस् । सार्वजनिक खरिद वा जिटुजीको प्रक्रियाबाट खरिद गर्छौं, त्यसका निम्ती टाइम बाउण्ड क्यालेण्डर लागू गरौँ र जुन कम्पनीमार्फत हामी खरिद गर्छौं, उनीहरुका निम्ति पनि खरिद गर्ने समयसीमा निर्धारण गर्ने हिसाबले सम्झौता गरौँ । त्यो ढंगले जाँदा समस्या समाधान गर्न सकिन्छ । बजेटको अभाव हुँदैन भन्ने जुन कुरा छ, यो केही हदसम्म समाधान दिएको छ ।’
सांसद पौडेलले रासायनिक मलमा बजेट अभाव हुन नदिनका लागि सरकारले आवश्यक पहलकदमी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण