काेशी प्रदेश
सभामुखको हस्ताक्षरले नयाँ सरकार गठनबारे कोशीमा अन्यौल
बिहीबार, २१ असार २०८०, १७ : १५
काठमाडौं । कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षरले अन्यौल सिर्जना गरेको छ । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन देखाउँदै सभामुख गौतमको हस्ताक्षरसहित बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
चार दलका ४६ सांसद र १ सभामुखको नाम छुट्टै लेखेको पत्र प्रदेश प्रमुखकोमा पेश गरिएको छ । सरकार गठनमा सभामुखको सहभागिता स्वीकार्य नहुने भन्दै आजै एमालेले प्रदेशप्रमुखको ध्यानाकर्षण गराएको थियो । थापाले कांग्रेसका २९ माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ ,जसपाका १ र सभामुख बाबुराम गौतमको पनि आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण