दुई विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य गर्ने सम्झौता
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा भोला थापा र लुम्बिनी बौद्ध विश्वविद्यालयका तर्फबाट निमित्त उपकुलपति डा तिलकराम आचार्यले हस्ताक्षर गरेका हुन् ।
दुवै विश्वविद्यालय अनुसन्धान कार्यक्रम सञ्चालन, संयुक्त उपाधि (ज्वाइन्ट डिग्री) सहितका प्राज्ञिक कार्यक्रम निर्माण, सञ्चालनमा सहमत भएर सहकार्य सम्झौता गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका राजिष्ट्रार आचार्यले बताए । उनले दुई विश्वविद्यालयबीच संस्थागत विकास तथा प्रवर्द्धन, प्राज्ञिक जनशक्ति आदान–प्रदान, विद्यार्थीहरूको अन्तरविश्वविद्यालय प्राज्ञिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलपामा पारस्परिक सहभागिता रहने जानकारी दिए ।
प्राज्ञिक उत्कृष्टतासहितको वैज्ञानिक अनुसन्धान, प्राज्ञिक एवं शैक्षिक कार्यक्रमद्वारा नेपाली जनताको जीवनस्तर उकास्नका लागि समष्टिगत एवं दिगो विकासको समान उद्देश्य प्राप्तिका दुवै विश्वविद्यालयबीच वैज्ञानिक सेवा, सामग्री, प्रकाशन तथा सूचना आदान–प्रदान, शैक्षिक तथा प्रशिक्षण कार्यक्रमको योजना तथा कार्यान्वयन, शैक्षिक तथा जनहितका प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
रुपन्देहीको लुम्बिनीस्थित विश्वविद्यालयमा बौद्ध अध्ययन, मानविकी तथा सामाजिक शास्त्र सङ्काय र स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाइड साइन्स सङ्काय गरी तीन सङ्काय छन् । विश्वविद्यालयका लुम्बिनीमा केन्द्रीय क्याम्पस र बुटवलमा सिटी क्याम्पस गरी दुई आङ्गिक क्याम्पस छन् ।
विश्वविद्यालय बौद्ध अध्ययनमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह, मानविकीतर्फ कानुन, ट्राभल एन्ड टुरिजम, पुरातत्व, सङ्ग्राहलय, ग्रामीण विकासलगायतका विषय अध्यापन गर्दै आएको छ । स्कुल अफ डेभलपमेन्ट स्डडिजतर्फ डेभलपमेन्ट स्टडिज, एग्रो फरेस्ट्री विषय सञ्चालनमा रहेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय र अन्य गरी ६१ संस्थासँग सहकार्य सम्झौता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण