एसईई परीक्षा : निजीभन्दा सामुदायिक अब्बल
गलकोट । एसईई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसईई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।
जिल्लामा गत वर्षको तुलनामा यसवर्ष उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । गतवर्ष ५६ जनाले तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गरेकामा यस वर्ष बढेर तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या एक सय ३९ जना पुगेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए ।
जिल्लामा चार जिपिए ल्याउने विद्यालयमा गणेश माविका दुई, चिल्डेन लाइफ बोर्डिङ स्कुललका दुई, रूद्रेपीपल माविका एक विद्यार्थी र भीमगिठे माविका एक विद्यार्थी रहेका छन् । जिल्लामा चार हजार सात सय ७४ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । त्यसमध्ये दुई सय ३० प्राविधिक धारतर्फका विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
बागलुङमा तीन दशमलव ६ देखि चार जिपिए ल्याउने एक सय ३९, तीन दशमलव तीनदेखि तीन दशमलव ५५ जिपिए ल्याउने तीन सय १३ विद्यार्थी, दुई दशमलव आठदेखि तीन दशमलव १५ जिपिए ल्याउने चार सय ६७, दुई दशमलव चारदेखि दुई दशमलव ७५ जिपिए ल्याउने विद्यार्थी सात सय ४८, दुईदेखि दुई दशमलव ३५ जिपिए अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार एक सय ९२, एक दशमलव छदेखि एक दशमलव ९५ सम्म अङ्क ल्याउने एक हजार दुई सय ८३ र एक दशमलव दुईदेखि एक दशमलव ५५ जिपिए ल्याउने तीन सय ३६ तथा त्यसभन्दा कम अङ्क ल्याउने ६६ विद्यार्थी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण