शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिया कफी निर्यात गरेर पाकिस्तानसँग व्यापार घाटा कम गर्न अध्यक्ष अग्रवालको प्रस्ताव

शुक्रबार, २२ असार २०८०, १४ : ५१
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच शुक्रबार राजधानीमा दुई पक्षीय भेटवार्ता भएको छ । उक्त भेटका क्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालबाट चिया कफी निर्यात गर्दै उताबाट पर्यटक भित्र्याएर दुई देशबीचको व्यापार घाटा कम गर्नुपर्ने बताएका छन् ।

उक्त अवसरमा अध्यक्ष अग्रवालले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे । त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न समेत उनले राजदूत हाशमीलाई आग्रह गरे । 

साथै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको जानकारी दिए । 

राजदूत हाशमीले नेपाली वस्तुहरु पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने प्रयाप्त सम्भावना रहेको बताए । 

पाकिस्तानी पर्यटकहरु नेपाल भ्रमण गर्न रुचाउने बताउँदै उनले दुई देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था मिलाउन समेत विशेष आग्रह गरे । छलफलमा परिसंघ पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, महानिर्देशक दिपकराज जोशीलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप