जब संसद भवनमै प्रचण्ड रिसाए...
काठमाडौं संसदमा हिजोको कार्यसूचि उपसभामुख चयनको थियो ।
मतदान अगाडि घण्टी बजाउने चलन छ ।
घण्टी बजिसकेपछि माओवादी अध्यक्ष प्रचण्ड उठे ।
केही पर पुगेर नेता बर्षमान पुनलाई हातको इसारामा बोलाए ।
बर्षमान गए ।
सानो आवाजमा प्रचण्डले भने, तपाईंहरुलाई के भएको हो, किन साथीहरु रिसाउँछन् ? मैले सकेसम्म मिलाएर त गरेकै छु ।
प्रचण्डको अनुहारमा तनाव र दवाव देखिन्थ्यो ।
बर्षमानले कोट मिलाए र केही बोलेनन् ।
फोटो पत्रकार भन्दा उनीहरु केही टाढा पुगे ।
थप संवाद गरे । तर, फोटोपत्रकारले चाहिँ सुन्न सकेनन् ।
हिजो मन्त्रीपरिषद विस्तारलाई लिएर माओवादीभित्र असन्तुष्टि देखिएको थियो ।
मन्त्री हुन नपाएका नेता पनि रिसाएक थिए । आफुले खोजेजस्तो मन्त्रालय नपाएको भन्दै मन्त्रीको लागि सिफारिस भएकाहरु पनि रिसाएका थिए ।
रिसाएका नेताहरुको व्यवहारबाट प्रचण्ड तनावमा थिए ।
प्रचण्डले बर्षमान पुनलाई हातको इसारामा बोलाए
बर्षमान पुन प्रचण्डको नजिक गए ।
प्रचण्डले बर्षमान पुनसँग कुराकानी गरे ।
हिजो माओवादीबाट गिरिराजमणि पोखरेल शिक्षा, बर्षमान पुन उर्जा, चक्रपाणी खनाल कृषि, शक्ति बस्नेत, वन तथा वातवरण र विना मगर खानेपानी मन्त्री बनेका छन् ।
माओवादीकै तर्फबाट रामकुमार चौधरी कृषि राज्यमन्त्री भएका छन् ।
माओवादीभित्र मन्त्रीका आंकाक्षी धेरै थिए ।
यस अघि रामबहादुर थापा गृह र मात्रिका यादव उद्योग मन्त्री भैसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण