किन पहिल्यै जोखिएन सुनको टुक्रा र धुलोको परिमाण ?
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्नेक्रममा खसेको टुक्रा र धुलो सुन संकलन गरेर मुचुल्का गरेको पाइएको छ । संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोख्दा करिब ४३ तोला भएको कोषले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि मुचुल्का गरिएको सुनका टुक्रा र धुलोलाई कोषले नगाली कनै राखिएको थियो । सुन नपुगेको चर्चापछि कोषले उक्त सुनको टुक्रा र धुलो गालेर जोख्दा झण्डै ४३ तोला भएको स्रोतले बतायो । कोषका एक उच्च अधिकृतका अनुसार कोषका सदस्य सचिव र कार्यकारी निर्देशकले बाहिर नल्याउन कर्मचारीलाई कडा निर्देशन दिएका छन् ।
ती अधिकृतका अनुसार जलहरी राख्ने क्रममा सुनका टुक्रा र धुलो संकलन गरेर राखिएको थियो । तर, गर्भ गृहभित्रै जलहरीमुनी सुनका टुक्राहरु भेटिएको भने होइन ।
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सुनका अहिले आफू बोल्ने अवस्थामा नरहेको प्रतिक्रिया दिए । उनले रातोपाटीसँग भने,‘ अहिले यस विषयमा केही नबोलौँ, पछि सार्वजनिक गर्छौँ ।’ अझ उनले त सुनको टुक्रा र धुलो बरामद गरेको विषय पनि आफूलाई जानकारी नभएको बताए ।
आयोगसहितको टोलीले गत असार १० गते पशुपतिनाथ मन्दिर परिसरमा पुगेर सुनको जलहरी निकालेर जोखेको थियो । जलहरी निर्माणका क्रममा १०८ किलो सुन प्रयोग भएको भनिएको थियो । जलहरी निकालेर तौलिदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको थियो । अब त्यही गालेको सुन र जलहरी जोख्दाको परिमाण मिलाउँदा झन्डै १०८ किलो पुग्ने दाबी कोषको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण