किन पहिल्यै जोखिएन सुनको टुक्रा र धुलोको परिमाण ?

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्नेक्रममा खसेको टुक्रा र धुलो सुन संकलन गरेर मुचुल्का गरेको पाइएको छ । संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोख्दा करिब ४३ तोला भएको कोषले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि मुचुल्का गरिएको सुनका टुक्रा र धुलोलाई कोषले नगाली कनै राखिएको थियो । सुन नपुगेको चर्चापछि कोषले उक्त सुनको टुक्रा र धुलो गालेर जोख्दा झण्डै ४३ तोला भएको स्रोतले बतायो । कोषका एक उच्च अधिकृतका अनुसार कोषका सदस्य सचिव र कार्यकारी निर्देशकले बाहिर नल्याउन कर्मचारीलाई कडा निर्देशन दिएका छन् ।
ती अधिकृतका अनुसार जलहरी राख्ने क्रममा सुनका टुक्रा र धुलो संकलन गरेर राखिएको थियो । तर, गर्भ गृहभित्रै जलहरीमुनी सुनका टुक्राहरु भेटिएको भने होइन ।
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सुनका अहिले आफू बोल्ने अवस्थामा नरहेको प्रतिक्रिया दिए । उनले रातोपाटीसँग भने,‘ अहिले यस विषयमा केही नबोलौँ, पछि सार्वजनिक गर्छौँ ।’ अझ उनले त सुनको टुक्रा र धुलो बरामद गरेको विषय पनि आफूलाई जानकारी नभएको बताए ।
आयोगसहितको टोलीले गत असार १० गते पशुपतिनाथ मन्दिर परिसरमा पुगेर सुनको जलहरी निकालेर जोखेको थियो । जलहरी निर्माणका क्रममा १०८ किलो सुन प्रयोग भएको भनिएको थियो । जलहरी निकालेर तौलिदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको थियो । अब त्यही गालेको सुन र जलहरी जोख्दाको परिमाण मिलाउँदा झन्डै १०८ किलो पुग्ने दाबी कोषको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कस्तो फल ?