खुला राष्ट्रिय उसुमा शिअ टिम च्याम्पियन
काठमाडौँ । शिअ उसु क्वान ‘तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता’ मा शुक्रबार टिम च्याम्पियन बनेको छ । चार स्वर्ण र सात रजत पदकसहित शिअ समग्रमा टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा काठमाडौँ उसु क्वान दोस्रो भयो । दोस्रो भएको काठमाडौँ उसु क्वानले चार स्वर्ण र तीन रजत पदक जित्यो । तेस्रो भएको निन्जा उसु क्वानले समान तीन स्वर्ण र तीन रजक पदक हात पा¥यो ।
शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । नेपाल उसु महासंघद्वारा आयोजित उक्त प्रतियोगिताको थाउलोतर्फ पुरुषमा पशुपति उसु क्वानका सागर खड्का र महिलामा कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यसैगरी सान्सौंको पुरुषमा काठमाडौँका निश्चल तामाङ र महिलामा शिअकी अस्मिता गाहामगर सर्वोत्कृष्ट खेलाडी चुनिए । थाउलोमा शिअका ओमप्रकाश ओली र सान्सौंमा काठमाडौँका मिलन राई उदीयमान खेलाडी घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण