कैलालीमा सेनाको टोलीद्वारा शङ्कास्पद वस्तु निस्क्रिय
शुक्रबार, २२ असार २०८०, २२ : ४३
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा आज फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुक्खड बजारमा नाली खन्ने क्रममा फेला परेको उक्त वस्तु बडैपुरस्थित नेपाली सेनाको कालीदल गणबाट गएको टोलीले निस्क्रिय पारेको जनाएको छ । यसैबीच कैलालीको गोदावरी नगरपालिका–१२ को कुमिझाल भन्ने ठाउँको खहरे खोलामा डुबेर सोही ठाउँका बहादुर खत्रीकी छ वर्षीया छोरी गीताको आज मृत्यु भएको छ ।
विद्यालयबाट घर फर्किने क्रममा निज बालिकालाई खोलाले बगाएको बताइएको छ । घटनास्थलबाट दुई किलोमिटरको दूरीमा सोही खोलामा बालिकाको शव फेला परेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण