मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा सेनाको टोलीद्वारा शङ्कास्पद वस्तु निस्क्रिय

शुक्रबार, २२ असार २०८०, २२ : ४३
शुक्रबार, २२ असार २०८०

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा आज फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुक्खड बजारमा नाली खन्ने क्रममा फेला परेको उक्त वस्तु बडैपुरस्थित नेपाली सेनाको कालीदल गणबाट गएको टोलीले निस्क्रिय पारेको जनाएको छ ।  यसैबीच कैलालीको गोदावरी नगरपालिका–१२ को कुमिझाल भन्ने ठाउँको खहरे खोलामा डुबेर सोही ठाउँका बहादुर खत्रीकी छ वर्षीया छोरी गीताको आज मृत्यु भएको छ । 

 विद्यालयबाट घर फर्किने क्रममा निज बालिकालाई खोलाले बगाएको बताइएको छ । घटनास्थलबाट दुई किलोमिटरको दूरीमा सोही खोलामा बालिकाको शव फेला परेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप