बर्गरबाट हट्यो टमाटर, मूल्य २२३ रुपैयाँ प्रति किलो
शनिबार, २३ असार २०८०, ०७ : १७

मुम्बई । अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्यापबाट टमाटर हटाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हो।
भारतका केही भागमा पछिल्लो एक महिनामा टमाटरको मूल्य २८८ प्रतिशतले बढेको छ । शुक्रबार एक किलो टमाटरको भाउ १४० भारतीय रुपैयाँ (करिब २२३ नेपाली रुपैयाँ) पुगेको थियो ।
दिल्लीस्थित म्याकडोनाल्ड्सका केही स्टोरहरूले सूचनाहरू राखेर यसबारे जानकारी दिएका छन्। ती सूचनामा लेखिएको छ, ‘सबै प्रयासका बाबजुद पनि हामीले गुणस्तरीय टमाटरको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौं । जसका कारण हामी टमाटररहित खाना खुवाउन बाध्य छौँ ।’ सञ्चालकहरूले समस्या टमाटरको मूल्यमा नभएर गुणस्तरमा भएको दाबी गरेका छन् । –बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता