बर्गरबाट हट्यो टमाटर, मूल्य २२३ रुपैयाँ प्रति किलो
शनिबार, २३ असार २०८०, ०७ : १७
मुम्बई । अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्यापबाट टमाटर हटाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हो।
भारतका केही भागमा पछिल्लो एक महिनामा टमाटरको मूल्य २८८ प्रतिशतले बढेको छ । शुक्रबार एक किलो टमाटरको भाउ १४० भारतीय रुपैयाँ (करिब २२३ नेपाली रुपैयाँ) पुगेको थियो ।
दिल्लीस्थित म्याकडोनाल्ड्सका केही स्टोरहरूले सूचनाहरू राखेर यसबारे जानकारी दिएका छन्। ती सूचनामा लेखिएको छ, ‘सबै प्रयासका बाबजुद पनि हामीले गुणस्तरीय टमाटरको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौं । जसका कारण हामी टमाटररहित खाना खुवाउन बाध्य छौँ ।’ सञ्चालकहरूले समस्या टमाटरको मूल्यमा नभएर गुणस्तरमा भएको दाबी गरेका छन् । –बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण