मकवानपुरमा दुई ट्रक ठोक्किँदा तीन जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकामा दुईवटा ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
शनिबार बिहान करिब १ः४५ बजेको समयमा मनहरि-६, नयाँ बस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
मकवानपुर प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार दुर्घटनामा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन, राप्ती-८ का २८ वर्षीय रिहान रुम्बा तामाङ र सहचालक गोरखा जिल्ला गण्डकी-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ तथा ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरि-३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको छ ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक ठक्कर खाएर दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको थियो ।
दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती–३ का ३५ वर्षीय विवेक तामाङ र ६३१ नम्बर ट्रक लक मनहरि–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण