बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

खल्तीका सह–संस्थापक अग्रवाल सम्मानित

शनिबार, २३ असार २०८०, १० : २७
शनिबार, २३ असार २०८०

धनगढी । खल्ती डिजिटल वालेटका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाललाई एसपीए सम्मान प्रदान गरिएको छ । नेपाली आईटी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै अग्रवाललाई धनगढीको एसपीए कलेजले एसपीए सम्मान प्रदान गरेको हो । 

एसपीएको सेमिनार हलमा शुक्रबार भएको एक समारोहकाबीच एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले अग्रवाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरे । नेपाली डिजिटल वालेटमा अग्रिणी मध्येको एक खल्तीका संस्थापक अग्रवाल जानकी टेक्नोलोजीको पनि संस्थापक हुन् । यस्तै अग्रवालले गुगल बिजनेस ग्रुपको नेतृत्व पनि गरिरहेका छन् । अग्रवालले २०१९ मा इन्टरपेनियर आइसीटी अवार्ड समेत जितेका थिए । अग्रवाल कम्प्युटर एसोसिएसन अफ नेपालको पूर्व कार्यसमिति सदस्य समेत हुन् ।

अग्रवालले शुक्रबार एसपीएका विद्यार्थीहरूसँग आफ्नो अनुभव, इन्टरपेनियरसिप, लिडरसिप र स्टार्टअप कसरी सुरु गर्नेरु आदि विषयमा गहकिलो मन्तव्य राखेका थिए । विद्यार्थीहरूले राखेका विभिन्न प्रश्नहरूको उत्तर समेत अग्रवालले दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप