खल्तीका सह–संस्थापक अग्रवाल सम्मानित
धनगढी । खल्ती डिजिटल वालेटका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाललाई एसपीए सम्मान प्रदान गरिएको छ । नेपाली आईटी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै अग्रवाललाई धनगढीको एसपीए कलेजले एसपीए सम्मान प्रदान गरेको हो ।
एसपीएको सेमिनार हलमा शुक्रबार भएको एक समारोहकाबीच एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले अग्रवाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरे । नेपाली डिजिटल वालेटमा अग्रिणी मध्येको एक खल्तीका संस्थापक अग्रवाल जानकी टेक्नोलोजीको पनि संस्थापक हुन् । यस्तै अग्रवालले गुगल बिजनेस ग्रुपको नेतृत्व पनि गरिरहेका छन् । अग्रवालले २०१९ मा इन्टरपेनियर आइसीटी अवार्ड समेत जितेका थिए । अग्रवाल कम्प्युटर एसोसिएसन अफ नेपालको पूर्व कार्यसमिति सदस्य समेत हुन् ।
अग्रवालले शुक्रबार एसपीएका विद्यार्थीहरूसँग आफ्नो अनुभव, इन्टरपेनियरसिप, लिडरसिप र स्टार्टअप कसरी सुरु गर्नेरु आदि विषयमा गहकिलो मन्तव्य राखेका थिए । विद्यार्थीहरूले राखेका विभिन्न प्रश्नहरूको उत्तर समेत अग्रवालले दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण