चीनको नक्साका कारण ब्ल्याकपिंकको कन्सर्ट विवादमा

हानोई । चीनले साउथ चाइना सीमा आफ्नो प्रभुत्व दाबी गर्दै प्रयोग गर्ने नक्सा आफ्नो वेबसाइटमा प्रयोग गरेकोमा भियतनाममा ब्ल्याकपिंकको कन्सर्ट आयोजकहरूले माफी मागेका छन् । कोरियन पप समूहले यही महिना भियतनाममा दुईवटा कन्सर्टको आयोजना गर्ने तालिका रहेको छ । भियतनामको विदेश मन्त्रालयले कार्यक्रमको प्रवर्द्धक आईएमईको वेबसाइटमा उक्त नक्सा हुनु संवेदनशील विषय भएको र यो स्वीकार्य नहुने बताएको छ । उता बेइजिङमा हेडक्वार्टर रहेको कम्पनीले उक्त नक्सा हटाउने बताएको छ । भियतनामका इन्टरनेट प्रयोगकर्ताहरूले उक्त नक्सा फेला पारेका थिए ।
साउथ चाइना सीमा चीनको दाबीलाई चुनौती दिने देशहरुमा भियतनाम पनि पर्दछ । नौवटा धर्का (नाइन–ड्यास लाइन) प्रयोग गरेर चीनले आफ्नो नक्सामा साउथ चाइना सीमा आफ्नो प्रभुत्व दाबी गर्ने गरेको छ । भियतनामको विदेश मन्त्रालयका प्रवक्ता फाम थु हाङले कार्यक्रमको प्रवर्द्धनमा प्रयोग गरिएको नाइन–ड्यास लाइनको नक्सा भियतनामको कानुनअनुसार वर्जित रहेको र यो स्वीकार्य नरहेको बताएका छन् । भियतनामको संस्कृति मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यता आयोजक कम्पनीका सीईओ ब्रायन चाउले आफूहरू सबै देशको सार्वभौमिकता र संस्कृतिको सम्मान गर्ने कुरामा सचेत रहेको र यस प्रकरणमा केही गलत बुझाई भएको स्पष्टीकरण दिएका छन् । ब्ल्याकपिंकजस्ता पप कलाकारको कार्यक्रम भियतनाममा बिरलै हुने गर्छ । यो विवाद आउन एक दिनअघि मात्र नाइन–ड्यास लाइन नक्सा प्रयोग गरेको भन्दै भियतनामले ‘बार्बी’ चलचित्रमाथि प्रतिबन्ध लगाएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित