आफूबारेको ‘फेक पोस्ट’ भाइरल भएपछि बोले दयाहाङ राई
काठमाडौँ । आफूलाई जोडेर सामाजिक सञ्जालमा आएको फेक पोस्ट भाइरल भएपछि अभिनेता दयाहाङ राईले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
अभिनेत्री आँचल शर्माले दयाहाङको बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै ‘एनईबी रिजल्ट एण्ड अपडेट’लगायतका सामाजिक सञ्जालमा राखिएको पोस्ट भाइरल भएपछि दयाहाङले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
‘अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शनिवार उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
तर, आँचलले अहिलेसम्म आफ्नो बारेमा कतै पनि त्यस्तो बोलेको नसुनेको राईको भनाइ छ । ‘एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन्’, उनले भनेका छन्, ‘त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।’
यसैबीच आँचलले पनि भ्रामक पोस्ट गर्नेलाई कारबाहीको माग गरेकी छन् । उनले यसबारेमा साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
_LCCX6h7U1b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण