शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आफूबारेको ‘फेक पोस्ट’ भाइरल भएपछि बोले दयाहाङ राई

शनिबार, २३ असार २०८०, २२ : ४२
शनिबार, २३ असार २०८०

काठमाडौँ ।  आफूलाई जोडेर सामाजिक सञ्जालमा आएको फेक पोस्ट भाइरल भएपछि अभिनेता दयाहाङ राईले आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

अभिनेत्री आँचल शर्माले दयाहाङको बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै ‘एनईबी रिजल्ट एण्ड अपडेट’लगायतका सामाजिक सञ्जालमा राखिएको पोस्ट भाइरल भएपछि दयाहाङले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । 

‘अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शनिवार उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

तर, आँचलले अहिलेसम्म आफ्नो बारेमा कतै पनि त्यस्तो बोलेको नसुनेको राईको भनाइ छ । ‘एउटा कलाकारले गर्दै नगरेको कुरा गर्‍यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन्’, उनले भनेका छन्, ‘त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।’

यसैबीच आँचलले पनि भ्रामक पोस्ट गर्नेलाई कारबाहीको माग गरेकी छन् । उनले यसबारेमा साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।

359429484_916332289460812_1385645007340795657_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप