बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नर्सको लाइसेन्सको प्रश्नपत्र ‘लिक’ गरेको आरोपमा ३ जना पक्राउ

आइतबार, २४ असार २०८०, ११ : ५१
आइतबार, २४ असार २०८०

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको नर्सको लाइसेन्सको प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । शनिवार काठमाडौँको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा परीक्षामा सहभागी ३ जना परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा पोखरा घर भएकी २० वर्षीया समीक्षा थापा, धादिङ घर भएकी २३ वर्षीया सविना आले मगर र कास्कीको लेखनाथ घर भएकी  २० वर्षीया भावना गुरुङ छन् । उनीहरूले परीक्षा केन्द्रबाट प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जर मार्फत लिक गरेको एसएसपी कार्कीले जानकारी दिए । 

परीक्षार्थीहरुले प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जरमार्फत ‘अल ब्राइट इन्स्टिच्युट’ पोखराका गाडी चालक ५० वर्षीय चिज कुमार श्रेष्ठलाई पठाएका थिए । तनहुँ घर भएका श्रेष्ठलाई भने प्रहरीले ‘जिम्मा जमानी’मा रिहा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप