नर्सको लाइसेन्सको प्रश्नपत्र ‘लिक’ गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको नर्सको लाइसेन्सको प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । शनिवार काठमाडौँको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा परीक्षामा सहभागी ३ जना परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा पोखरा घर भएकी २० वर्षीया समीक्षा थापा, धादिङ घर भएकी २३ वर्षीया सविना आले मगर र कास्कीको लेखनाथ घर भएकी २० वर्षीया भावना गुरुङ छन् । उनीहरूले परीक्षा केन्द्रबाट प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जर मार्फत लिक गरेको एसएसपी कार्कीले जानकारी दिए ।
परीक्षार्थीहरुले प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जरमार्फत ‘अल ब्राइट इन्स्टिच्युट’ पोखराका गाडी चालक ५० वर्षीय चिज कुमार श्रेष्ठलाई पठाएका थिए । तनहुँ घर भएका श्रेष्ठलाई भने प्रहरीले ‘जिम्मा जमानी’मा रिहा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण