संसद् खोल्ने सहमति भएपनि प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी सर्यो
काठमाडौँ । आज (आइतबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश असार २५ गते भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेगरी समय र मिति परिवर्तन भएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको एमालेसँग आजै सहमति भएको थियो ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिने र एमालेले त्यसका लागि अवरोध हटाउने सहमति भएको थियो ।
तीन नेताबीच वार्ता जारी रहेका बेला आजका लागि निर्धारित बैठक सो समयभन्दा दुई घण्टा पछि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको थियो । त्यसआधारमा ३ बजे बस्नुपर्ने बैठक अन्ततः अन्तिम समयमा आएर सोमबारलाई सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण