प्रमुख प्रतिपक्षले संसद् अवरोधको विश्व रेकर्ड कायम गर्न लाग्यो : सांसद दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद् अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरोधमा विश्व रेकर्ड कायम गर्न लागेको बताएका हुन् । उनले एमाले नेपालको सन्दर्भमा सबैभन्दा धेरै संसद् अवरोध गर्ने पार्टीको रूपमा स्थापित भइसकेको भन्दै स–साना कुरामा पनि संसद् अवरोध गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताए ।
सांसद दाहालले संसद् अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माण र बहसको थलोको रूपमा स्थापित गराउनुपर्नेमा जोड दिए । उनले अवरुद्ध संसद् खुलाउने नाममा सरकारले भ्रष्टाचार विरोधी अभियान रोक्ने कुराको सम्झौता नगर्ने बताए ।
त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको भएको बताइन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद् अवरोध गर्ने स्तरको नभएको पनि बताइन् । उनले प्रतिपक्षले आफूले राखेको मागको सम्बन्धमा पुनः सोच्नुपर्ने बताइन् ।
सांसद शर्माले अवरुद्ध संसद् खुलाउन सभामुखले पहल गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण