आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख प्रतिपक्षले संसद् अवरोधको विश्व रेकर्ड कायम गर्न लाग्यो : सांसद दाहाल

आइतबार, २४ असार २०८०, १८ : १९
आइतबार, २४ असार २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद् अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताएका छन् ।  

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दल  एमालेले संसद् अवरोधमा विश्व रेकर्ड कायम गर्न लागेको बताएका हुन् । उनले एमाले नेपालको सन्दर्भमा सबैभन्दा धेरै संसद् अवरोध गर्ने पार्टीको रूपमा स्थापित भइसकेको भन्दै स–साना कुरामा पनि संसद् अवरोध गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताए ।  

सांसद दाहालले संसद् अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माण र बहसको थलोको रूपमा स्थापित गराउनुपर्नेमा जोड दिए । उनले अवरुद्ध संसद् खुलाउने नाममा सरकारले भ्रष्टाचार विरोधी अभियान रोक्ने कुराको सम्झौता नगर्ने बताए ।  

त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको भएको बताइन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद् अवरोध गर्ने स्तरको नभएको पनि बताइन् ।  उनले प्रतिपक्षले आफूले राखेको मागको सम्बन्धमा पुनः सोच्नुपर्ने बताइन् ।  

सांसद शर्माले अवरुद्ध संसद् खुलाउन सभामुखले पहल गर्नुपर्नेमा जोड दिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप