सचिव राउत विमान चढेपछि आदेश आयो – ‘पक्राउ गर्नु’
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई महाराजगञ्जस्थित सीआईबीको हिरासतमा राखिएको छ । आइतबार राति त्यहीँ राखेर ‘साँघुरो’ भएमा सोमबार अन्यत्र सार्ने गरी छलफल भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
‘बुवा बिरामी हुनुहुन्छ’ भनेर सञ्चार मन्त्री रेखा शर्मासँग बिदा लिएर आइतबार दिउँसो सञ्चार मन्त्रालयबाट हिँडेका सचिव राउत विमानस्थलबाट पक्राउ परेका हुन् । काठमाडौँ छाड्न लागेको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । सीआईबीको टोली पुग्दा ‘बोर्डिङ’ भैसकेको थियो ।
यत्ति एयरलाइन्सको विमानबाट सचिव राउत विराटनगर जाँदै थिए । प्रहरीहरू विमानसम्म गए । त्यतिन्जेल राउत विमान भित्र गइसकेका थिए । फिल्ड कमान्डरले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सोधे–‘जहाजमा चढ्नुभो के गरौँ ?’ आदेश आयो–‘पक्राउ गर्नु ।’
त्रिभुवन विमानस्थलमा कार्यरत एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘त्यसपछि ब्यूरोको टोलीले जहाजबाट सचिव राउतलाई बाहिर ल्याए ।’
बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा राउत पक्राउ परेका हुन् । २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास विस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । पछि सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएर भीआईपीको निवास बिस्तार र बाटो बिस्तार गर्ने नाममा २७ रोपनी जग्गा हिनामिना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको छानबिनको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण