कार्यालयको काम रातिसम्म गरेको भन्दै वडा सदस्यले धम्क्याएको कर्मचारीहरुको आरोप
बुटवल । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–५ का वडा सदस्य वीरेन्द्रबहादुर शाहले आफूहरुलाई रातिसम्म काम गरेको भन्दै धम्क्याएको आरोप सो पालिकाका कर्मचारीहरुले लगाएका छन् । महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचना अनुसार असार २४ गते राति १२ बजेभित्र चालु आर्थिक वर्षको लेखासम्बन्धी काम सक्नुपर्ने भएकाले राति अबेरसम्म काम गरिरहेको बेला वडा सदस्य शाहले गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको कर्मचारीहरुको आरोप छ ।
सो गाउँपालिकाका कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वडा सदस्य शाहले कार्यालयमा तोडफोड गर्नुका साथै ज्यान मार्ने धम्की दिएको जनाएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानासँग यसबारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले सामान्य विवाद भएको बताउँदै घटनाबारे आफूले छलफल गरिरहेको रातोपाटीलाई बताए । आरोपित वडा सदस्य शाहसँग यसबारे प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उनको मोबाइल ‘अफ’ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण