मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
नेपाल राष्ट्र बैंक रिपोर्ट

११ महिनामा मुलुकको शोधनान्तर स्थिति २ खर्ब २८ अर्बले बचतमा, चालू खाता पनि सुध्रियो

सोमबार, २५ असार २०८०, १२ : १६
सोमबार, २५ असार २०८०

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा मुलुकको ब्यालेन्स अफ पेमेन्ट (बीओपी) २ खर्ब २८ अर्ब अर्ब माथिले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार जेठशमसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ । यस्तै समीक्षा अवधिमा मुलुकको चालू खाता घाटा घटेर ६९ अर्ब ४० करोडमा झरेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप