मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बीबीसीका प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप

सोमबार, २५ असार २०८०, १२ : ५०
सोमबार, २५ असार २०८०

बीबीसीका एक कार्यक्रम प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप लागेको छ । प्रस्तोताले किशोरीलाई ३५ हजार पाउन्ड भुक्तानी गरेको भन्ने आरोपमा बीबीसीले आफू प्रहरीको सम्पर्कमा भएको बताएको छ ।

बीबीसीले सत्य तथ्य पत्ता लगाउन द्रुत गतिमा काम गरिरहेको र आरोप लागेका प्रस्तोतालाई तत्काल निलम्बन गरिएको बताएको छ । तर, प्रस्तोताको परिचय भने सार्वजनिक गरिएको छैन ।

शुक्रबार ‘द सन’ पत्रिकाले यसबारे पहिलो पटक प्रतिवेदन प्रकाशित गरेको थियो । प्रहरीले यसबारे बीबीसी आफ्नो सम्पर्कमा भएको र यस विषयमा अहिलेसम्म औपचारिक उजुरी नआएको बताएको छ । 

बीबीसी न्युजका अनुसार सोमबार यसबारे छलफल गर्नका लागि कर्पोरेसनले महानगरीय प्रहरीलाई भेट्न लागेको छ । यद्यपि, बीबीसी र द सन दुवैले प्रस्तोताको पहिचान उजागर गरेको छैन । 

आइतबारको अर्को रिपोर्टमा द सनले दाबी गरे अनुसार समाचार बाहिर आएपछि प्रस्तोताले आत्तिँदै किशोरीलाई दुई पटक फोन गरे । त्यसपछि उनले सोधे, ‘तिमीले के गरेको यस्तो ?’ यति मात्रै होइन, प्रस्तोताले किशोरीलाई आफ्नी आमालाई तुरुन्त अनुसन्धान रोक्न भनिदिन भने ।

यसअघि बीबीसीले आइतबार जारी गरेको विज्ञप्तिमा यथासम्भव चाँडोभन्दा चाँडो तथ्य सार्वजनिक गर्न काम गरिरहेको बताएको थियो ।

बीबीसीले यो कुरा पहिलो पटक मे महिनामा थाहा पाएको पनि बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार आएका आरोप नयाँ हुन् र हाम्रो प्रोटोकल अनुसार आन्तरिक तहमा अनुसन्धानका साथै बाहिरका अधिकारीहरूसँग पनि सम्पर्कमा छौँ ।’

बीबीसीले आगामी दिनमा यस विषयमा थप जानकारी दिने स्थितिमा हुने पनि जनाएको छ ।

तर, द सनको रिपोर्टमा बीबीसीको पछिल्लो बयानबाट किशोरको परिवार असन्तुष्ट रहेको बताइएको छ ।

यसका अनुसार ‘प्रारम्भिक उजुरी पछि, बीबीसीबाट कसैले पनि उनलाई अन्तर्वार्ताको लागि सम्पर्क गरेन ।’

बीबीसी संस्कृति सम्पादक केटी रज्जलले भनिन्, ‘हामीलाई आरोपको सत्यताबारे थाहा छैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप