संसद्
प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने भएपछि एमालेले सदनमा अवरोध नगर्ने
सोमबार, २५ असार २०८०, १४ : ५५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिमा कमजोरी स्वीकार्ने प्रतिबद्धता जनाएपछि नेकपा एमालेले सदन चल्न दिने भएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा आफ्नो अभिव्यक्तिमा गल्ती भएको स्वीकार गर्दै सचिवालयले जारी गरेको वक्तव्यप्रति पनि दुख व्यक्त गर्ने सहमति भएकाले सदनमा अवरोध नगर्ने ओलीले दलको बैठकमा ब्रिफिङ गरेका छन् ।
‘तीन नेताबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले आफ्नो वक्तव्य असावधानी पूर्व आएको त्यो कमजोरी भयो भनेर आत्मालोचना गर्ने र सचिवालयले निकालेको वक्ततव्यप्रति पनि दुःख व्यक्त गर्ने र एमालेले सदनको अवरोध हटाउने गरी छलफल भएको अध्यक्षले ब्रिफिङ गर्नुभयो’, एमाले सचिव योगश भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण