पार्किङ सुविधाको माग गर्दै कानून व्यवसायीहरु आन्दोलित
काठमाडौँ । काठमाडौं जिल्ला अदालतभित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका छन् ।
बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका हुन् । कानून व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएको छ ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेका बताए । उनले पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताए । अदालतले नक्सा पास बिनाको भवन बनाएर गैर कानूनी काम गरेको पनि उनले उल्लेख गरे ।
अर्का एक अधिवक्ताले अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको बताए । उनले पार्किङस्थललाई क्यान्टीनका लागि भाडा लगाएर असुली गरिरहेको बताए ।
काठमाडौं जिल्ला अदालत नेपाल बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेलले सोमवारदेखि नै जिल्ला अदालतको गेट नम्बर ४ मा कानून व्यवसायीहरुका लागि पार्किङ सुविधा गरिएको बताए । उनले अण्डरग्राउन्ड पार्किङ पनि छिट्टै खुल्ने बताए ।
आन्दोलित कानून व्यवसायीहरुले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण