मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारको सदस्य सङ्ख्या ८ हजार ९५१ कायम

सोमबार, २५ असार २०८०, १७ : ४३
सोमबार, २५ असार २०८०

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको अन्तिम परिषद् सदस्य सङ्ख्या ८ हजार ९५१ कायम भएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि कायम अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको जानकारी दिएका हुन् । 

आवेदकहरूको डकुमेन्ट प्रमाणीकरण पश्चात् सदस्यता शुल्क भुक्तानी भएर पनि प्राविधिक कारणले अन्तिम नामावलीमा नपरेका आवेदकहरुलाई शुल्क भुक्तानी गरेको रसिदको प्रमाण सहित  ९ जुलाई भित्र एनसीसी सचिवालयमा सम्पर्क गर्न सूचित गरिएको छ । सूचना पश्चात् सदस्यता शुल्क भुक्तानी रसिद प्रमाणका आधारमा समय सीमामा थपिएका ४७ जना सदस्यहरू सहित एनसीसी कतारको आगामी  कार्यकालको लागि जम्मा ८ हजार ९५१ जना परिसद् सदस्य कायम उनले बताए । 

एनआरएनए कतारको २०२३–२०२५ कार्यकालका लागि गत २६ फेब्रुवरीदेखि १२ मे सम्म पहिलो चरणमा र २५ जुनदेखि २८ जुनसम्म दोस्रो चरणमा सदस्यता आह्वान गरिएको थियो । 

जसअनुसार पञ्जीकृत सदस्यताको प्राप्त आवेदनहरुको सम्पूर्ण प्रक्रिया पुरा भई अन्तिम स्वीकृत भएको जम्मा ८ हजार ९०४ जना सदस्यहरूको नामावली एनसीसी कतारको फेसबुक पेज र वेबसाइट मार्फत सार्वजनिक यसअघि नै सार्वजनिक गरिएको थियो । 

‘आवेदकहरूको डकुमेन्ट प्रमाणीकरण पश्चात् सदस्यता शुल्क भुक्तानी भएर पनि प्राविधिकबस अन्तिम नामावलीमा नपरेका आवेदकहरूले शुल्क भुक्तानी गरेको रसिदको प्रमाण सहित मिति ९ जुलाई २०२३ बेलुकी ९ बजे सम्म एनसीसी सचिवालयमा सम्पर्क गर्नुहुन सूचित सूचना पश्चात् सदस्यता शुल्क भुक्तानी रसिद प्रमाणका आधारमा समय सीमामा थपिएका ४७ जना सदस्यहरू सहित एनसीसी कतारको २०२३–२०२५ कार्यकालको लागि जम्मा ८९५१ जना परिषद सदस्य कायम रहेको जानकारी सहित नामावली सार्वजनिक गरिएको सबैमा जानकारी गराउँदछौँ’, मुक्दता र महासचिव पदम गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

358610756_6472414386150844_5523850961756565438_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप