आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीमाथि चलाइएको भ्रम हट्यो : सांसद दाहाल

सोमबार, २५ असार २०८०, १९ : ५६
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीमाथि चलाइएको भ्रमहरु हटेको बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले भावनात्मक रुपमा दिएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको भ्रम प्रधानमन्त्रीको सम्बोधनपछि हटेको बताएका हुन् । 

सांसद दाहालले निश्चित उद्देश्यसहित चलाइएको भ्रम हटेर सत्य स्थापित भएको बताए । आगामी दिनमा संसदलाई नीति निर्माण र ऐन, कानून निर्माण गर्ने आफ्नो भूमिकालाई इमानदार भएर निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई आजको बैठकमा सबैले महसुस गरेको पनि उनले उल्लेख गरे । उनले संसद् अवरोध हटाउने नाममा प्रधानमन्त्रीले कुनै खालका अनुचित सम्झौता नगरेको पनि स्पष्ट पारे ।  

सांसद दाहालले सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने सन्दर्भमा सरकारले कसैसँग कुनै खालको सम्झौता नगर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप