रोशी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गर्यो सम्मान
सोमबार, २५ असार २०८०, २१ : १४

मकवानपुर । रोशी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका ३ विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप उत्कृष्ट विद्यार्थीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
एक कार्यक्रमबीच पालिका अध्यक्ष दिनेश लामाले हरिसिद्धी माविका प्रशान्त तामाङ, पोक्रा माविका हिमानी तामाङ र संगीता रायलाई नगदसहित सम्मान गरे। एसईईमा प्रशान्तले ३.७० तथा हिमानी र संगीताले समान ३.५५ जीपीए ल्याएका थिए।
अध्यक्ष लामाले शैक्षिक गुणस्तरमा सुधार र वृद्धि होस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी
-
कसैमाथि अभियोग लाग्नासाथ राक्षसजस्तो ठान्नु हुँदैन : बास्कोटा
-
‘मिरमिरे’मा प्रकाश सपुतको इन्ट्री
-
कृषाको निर्देशनमा 'जहाजैमा' निर्माण हुने
-
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
-
बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ