रोशी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गर्यो सम्मान
सोमबार, २५ असार २०८०, २१ : १४
मकवानपुर । रोशी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका ३ विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप उत्कृष्ट विद्यार्थीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
एक कार्यक्रमबीच पालिका अध्यक्ष दिनेश लामाले हरिसिद्धी माविका प्रशान्त तामाङ, पोक्रा माविका हिमानी तामाङ र संगीता रायलाई नगदसहित सम्मान गरे। एसईईमा प्रशान्तले ३.७० तथा हिमानी र संगीताले समान ३.५५ जीपीए ल्याएका थिए।
अध्यक्ष लामाले शैक्षिक गुणस्तरमा सुधार र वृद्धि होस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण