समाचार
६ यात्रुसहित काठमाडौँ आउँदै गरेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
मङ्गलबार, २६ असार २०८०, ११ : १४
१
काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।
हेलिकप्टरमा चालकदलसहित ६ जना यात्रु रहेका थिए । उडान लगत्तै बिहान १० बजेर १ मिनेटमा सम्पर्कमा आएपनि त्यसपछि सम्पर्क विहीन हुन पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । अहिले वेपत्ता हेलिकप्टरको खोजि कार्य भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण