मनाङ एयरको हेलिकप्टर दुर्घटना
दुर्घटनाग्रस्त क्षेत्रमा थप अर्को हेलिकप्टर पनि पठाइयो, खराब मौसमका कारण उद्धारमा समस्या
मङ्गलबार, २६ असार २०८०, १३ : ३६
काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त मनाङ एयरको ९ एन–एमभी हेलिकप्टर दुर्घटनास्थलमा थप अर्को हेलिकप्टर पठाइएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । हेलिकप्टर सम्पर्कविहीन भएलगत्तै खोजिका लागि अल्टिच्युट एयरको एउटा हेलिकप्टर पठाइएकोमा थप अर्को पनि सोही कम्पनीको हेलिकप्टर पठाइएको प्राधिकरणका ज्ञानेन्द्र भुलले जानकारी दिए ।
यद्यपि, मनाङ एयर लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार ६ जनामध्ये ५ जनाको शव भेटिएको छ भने एक जनाको अवस्था अज्ञात छ । खराब मौसमका कारण उद्धार कार्यमा समस्या आएको भुलले रातोपाटीलाई जानकारी दिए । डेथ बडी (शव) लाई आजै काठमाडौँ ल्याउने तयारी भएपनि प्रतिकुल मौसमका कारण अनिश्चित भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण