काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन गुरु योजना बनाउँदैछौं : मन्त्री गुरुङ
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौँ उपत्यका गुरु योजना बनाइरहेको बताएकी छन् ।
मंगलबार जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले काठमाडौँ उपत्यका घरै–घरको मात्रै सहर भएको बताइन् । उनले राज्यको स्पष्ट सहरको स्वरुप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौँ उपत्यकामा घरै मात्रै भएको बताए ।
मन्त्री गुरुङले काठमाडौँ उपत्यकामा ठूलो सहर नभएको, गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी, साना–साना पार्क र फुटपाथ केही पनि नभएर धेरै घरहरु भएको सहरका रुपमा स्थापित भएको बताइन् । उनले यसरी बनेका घरहरु राज्यले सहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको बताइन् ।
मन्त्री गुरुङले सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन् । उनले काठमाडौँ उपत्यकाबाट बग्ने बागमती नदी र त्यसका सहायक नदीहरुको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरुलाई संरक्षण गरी पर्यटन विकास गर्नेगरी सरकार लागि रहेको बताइन् ।
मन्त्री गुरुङले खोला किनारका अव्यवस्थित र सुकुम्वासी स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरुको सहयोग आवश्यक पर्ने बताइन् । उनले सहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै सहरहरूमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको बताइन् । उनले ललितपुर जिल्ला भित्रका स्थानीय तहहरुले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण