शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इक्यानको उपाध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा, के–के छन् एजेन्डा ?

मङ्गलबार, २६ असार २०८०, २१ : २४
मङ्गलबार, २६ असार २०८०

चितवन । शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यही असार ३० गते काठमाडौँमा हुने इक्यानको  अधिवेशनमा पौडेल उपाध्यक्षको उम्मेदवार बन्ने भएका हुन् । 

उनले उपाध्यक्षका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । विगत २० वर्षदेखि निरन्तर शैक्षिक परामर्श व्यवसाय मार्फत विद्यार्थीलाई विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि सेवा दिँदै आएका सफल व्यवसायी पौडेल सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन् । 

युवा जोश र जाँगरले भरिपूर्ण पौडेल गफ भन्दा कर्ममा विश्वास राख्ने स्थापित परामर्शदाता व्यवसायी हुन् । उनको शैक्षिक संस्था सेन्ट्रल कलेजले नारायणगढको शहिद चोक प्रेसमार्गस्थित केन्द्रीय कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । कलेजले जापान र कोरियामा पनि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ भने देशका विभिन्न सहरहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उनले इक्यानको पूर्व केन्द्रीय सदस्य समेत भएर काम गरिसकेका छन् । पौडेल यस पटक स्वतन्त्र रूपमा केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । 

उनी यसअघि केन्द्रीय सदस्यमा पनि अत्यधिक मतले विजयी भएका थिए । इक्यानमा मतदान मार्फत केन्द्रीय सदस्यमा निर्वाचित हुने चितवनबाट पहिलो र एक मात्र व्यक्ति हुन् पौडेल । इक्यानको सहयोगी तथा सल्लाहकारको रूपमा उनले अहिले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनी विभागीय सदस्य हुँदै इक्यानको बोर्डमा प्रवेश गरेका थिए ।

शैक्षिक परामर्श व्यवसायीबिच लोकप्रिय उनले यस पटक पनि आफ्नो जीत सुनिश्चित भएको बताए । उम्मेदवारी घोषणा गर्दै पौडेलले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारे । उनले शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान र यो व्यवसायलाई मर्यादित बनाउनका लागि उम्मेदवारी दिएको बताए ।

उनले भने, “म साझा हितका लागि स्वतन्त्र उम्मेदवार बनेको हुँ, साथ र सहयोगका लागि देशभरका सम्पूर्ण व्यवसायीलाई अपिल गर्दछु ।” व्यावसायिक संस्थामा पार्टी, गुट उपगुट र समूहको प्रभाव हुनु हुँदैन भन्दै उनले यस्तो प्रवृत्तिको विरोध गर्दै आएको बताए । इक्यानमा अहिलेसम्म हुँदै आएको यस्तो प्रवृत्तिको ब्रेक यस पटकको अधिवेशन मार्फत हुने उनको भनाई छ । अहिलेसम्म काठमाडौँ बाहिरका व्यवसायीलाई इक्यानमा खासै महत्त्व नदिएको भन्दै उनले मोफसलका व्यवसायीलाई स्थापित गराउनका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले भने,“उच्च शिक्षा अध्ययनका लागि जापान पठाउने व्यवसायीलाई इक्यानमा बलियो उपस्थितिका लागि पनि आफ्नो उम्मेदवारी महत्त्वपूर्ण रहेको बताए । “देशभर जापानमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थालाई काम सिकाउने, कलेज स्कुल युनिभर्सिटी चिनाउनुका साथै एजेन्सी दिलाएर उनीहरूलाई व्यवसायमा स्थापित गर्न  मेरो भूमिका रहनेछ”, पौडेलले भनेका छन् ।

आफ्नो विजय पश्चात् जापान लगायत सबै देशमा उच्च शिक्षाका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्शदाता संस्थाहरूको एकरूपता ल्याउने उनको भनाई छ । शैक्षिक परामर्श व्यवसायीको हक हित र अधिकारीका लागि आफूले निरन्तर काम गर्ने पौडेलको प्रतिबद्धता छ ।

पौडेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था, खेलकुद क्षेत्र र मिडियामा समेत आबद्ध छन् । उनले स्कुल कलेज लगायतका शैक्षिक क्षेत्रमा समेत विभिन्न तह र तप्कामा रहेर काम गरेका छन् । उनी अङ्ग्रेजी भाषा तथा आइएलटिएसका योग्य र अनुभवी प्रशिक्षकका रूपमा चिनिन्छन् । पौडेल कुनै पनि कन्सलटेन्सी चलाउन आवश्यक पर्ने काउन्सेलिङ (टिआइटिआइ) ट्रेनिङका प्रशिक्षक समेत रहेका छन् । विभिन्न देशको भिजिट गरेर अनुभव सँगालेका उनले सबैलाई समन्वय गरेर काम गर्ने क्षमता राख्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप