अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेकालाई सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रम स्थगित
बुधबार, २७ असार २०८०, १० : १२
काठमाडौँ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रम स्थगित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आजका लागि आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हो ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि उक्त कार्यक्रम स्थगित गरिएको हो । सामाजिक सुरक्षा कोषले प्रधानमन्त्रीको प्रमुख आथित्वमा योजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको थियो ।
प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगित गर्न आग्रह आएपछि कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए । अब उपयुक्त समयमा कार्यक्रम आयोजना गरिने रेग्मीले बताए ।
कोषले यसअघि प्रधानमन्त्रीकै उपस्थितिमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सुरक्षा योजनामा समावेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण