शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिन जन्मिए आमा–बुवा र सात सन्तान, यो परिवारको नाममा अचम्मको विश्व रेकर्ड

बुधबार, २७ असार २०८०, १० : ५९
बुधबार, २७ असार २०८०

पाकिस्तानको लरकानामा बस्ने एक परिवारको नाममा अचम्मको विश्व रेकर्ड दर्ता छ । गिनिज वर्ल्ड रेकर्ड आफैँले यो परिवारबारे जानकारी दिएको हो । ९ सदस्य भएको यो परिवारमा एउटा कुरा सबैको मिल्छ – उनीहरूको जन्मदिन । परिवारका सबै सदस्य १ अगस्टमा जन्मिएका थिए । 

गिनिज वर्ल्ड रेकर्डका अनुसार परिवारमा आमिर अली, उनकी श्रीमती खुदेजा र उनका सात बच्चा समावेश छन् । ७ सन्तानमध्ये ससुई–सपना जुम्ल्याहा छोरी हुन् । यस्तै, आमिर–अब्बर, अम्मार–अहमर जुम्ल्याहा छोरी हुन् । यसबाहेक सिन्धु नामकी अर्की एउटी छोरी छिन् । यी सबैको उमेर १९ लेखि ३० बीच छ । 

रोचक कुरा के छ भने सातै जना बच्चाको जन्मदिन १ अगस्टमा पर्छ । यस दिन उनका आमाबुवाको पनि जन्मदिन हो । यी सबै जना बेग्लाबेग्लै वर्षका जन्मिए तर महिना र मिति एउटै थियो, जुन आफैँमा एउटा कीर्तिमान हो । कुनै पनि परिवारको यति धेरै सदस्यको जन्मदिन एकै दिन पर्दैन । यो रेकर्ड पहिला कमिन्स परिवार (अमेरिका) का पाँच सन्तानको नाममा थियो जसको जन्म सन् १९५२ र १९६६ बीच २० फेब्रुअरीमा भएको थियो ।

family1यो मिति आमिर र खुदेजाका लागि थप विशेष छ किनभने १ अगस्टमा उनीहरूको वैवाहिक वर्षगाँठ पनि हो । उनीहरुले आफ्ना जेठी छोरी जन्मिनु ठिक एक वर्ष अघि सन् १९९१ मा आफ्नो जन्मदिनमा विवाह गरेका थिए । १ अगस्ट सन् १९९२ मा सिन्धुको जन्म भयो । सिन्धु उनकी जेठी छोरी हुन् । छोरीको अगस्ट १ तारिखमा नै जन्म हुँदा यी दुई अचम्मित र असाध्यै खुसी थिए । त्यसपछि खुदेजाका सबै सन्तान १ अगस्टमा नै जन्मिए । यो जोडीले यसलाई ईश्वरको उपहार बताएको छ ।

रिपोर्टका अनुसार सबै बच्चाको नर्मल डेलिभरी भएको थियो । कुनै समस्या नभएका कारण शल्यक्रिया गर्नुपर्ने स्थिति आएन । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप