लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई क्षतिपूर्तिको माग गर्दै किसानहरु धर्नामा
काठमाडौँ । सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् ।
बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा उनीहरुले आफूहरुका माग सम्बोधन गर्न दबाब स्वरूप एक घण्टा धर्ना दिएका हुन् । यो रोग नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरूले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताइन् । उनले पशुपालक किसानहरुले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताइन् ।
पीडित किसानहरुले पशु बीमाको भुक्तानी गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताएका छन् ।
लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरुको पुर्नस्थापना र उनीहरुका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताए । उनले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।
राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पी स्किन रोगको महामारी नियन्त्रण गरी पीडित किसानलाई राहतको घोषणा गर, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस्, पशुहरुमा लागेको लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस् , महामारीबाट क्षति भएका पशुहरुको किसानलाई राहत र क्षतिपूर्ति दिईयोस्, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस् भन्ने लेखिएको प्ले कार्डहरु पनि प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण