व्यासद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई ४० लाख बढी सहयोग
तनहुँ । तनहुँको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत रु ४० लाख दश हजार रकम प्रदान गरेको हो ।
मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका तथा मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गत कात्तिकदेखि औषधि खर्चबापत मासिक रु पाँच हजार प्रदान गरिँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
चिकित्सकको सिफारिसमा वडा कार्यालयमार्फत चालु वर्षमा बिरामीले औषधि खर्चबापत रकम पाएको उनले बताए । उनका अनुसार क्यान्सरका बिरामी ६४, डायलाइसिस गरेका बिरामी ३४ जना, मिर्गौला प्रत्यारोपण गराएका छ जनाले औषधि खर्चबापत रकम लिएका छन् ।
त्यसैगरी मेरुदण्डको पक्षघातको एक जना बिरामीले औषधि खर्चबापत नौ महिनाको रु ४५ हजार पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिए ।
चिकित्सकले उपचार गराइरहेको सिफारिस गरिदिएपछि बिरामीले व्यास नगरपालिकामा उपचार खर्च माग गरी भुक्तानी लिने प्रावधान रहेको छ । मेरुदण्ड पक्षाघात भएका बिरामीको हकमा भने अपाङ्गतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित पेश गरेको हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण