अदालत
भुवन केसीले दायर गरेको साम्राज्ञीविरुद्धको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला
बुधबार, २७ असार २०८०, २० : ०४
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला भएको छ । आफूमाथि गाली बेइज्जती गरेको भन्दै अभिनेता केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए ।
तर बुधबार न्यायाधीश वासुदेव पौडेलको एकल इजलासमा अन्तिम सुनुवाइ हुँदा केसीको मागमा दाबी नपुग्ने फैसला गरेको हो ।
केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।
शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएपछि केसी गाली बेइज्जतीको मुद्दा बोकेर अदालत पुगेका थिए । सो क्रममा उनले १० करोड क्षतिपूर्ति माग दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण