अपराध
ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या १७ पुग्यो
बुधबार, २७ असार २०८०, २१ : १९
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । मंगलबारमात्रै यो प्रकरणमा ४ जना पक्राउ परेका थिए ।
एसएसपी दिनेशकुमार आचार्यले पौडेललाई काठमाडौँको गोकर्णबाट पक्राउ गरिएको बताए ।
ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण