बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या १७ पुग्यो

बुधबार, २७ असार २०८०, २१ : १९
बुधबार, २७ असार २०८०

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । 

बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । मंगलबारमात्रै यो प्रकरणमा ४ जना पक्राउ परेका थिए । 

एसएसपी दिनेशकुमार आचार्यले पौडेललाई काठमाडौँको गोकर्णबाट पक्राउ गरिएको बताए । 

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप