मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि उडानमा क्यानको कडाइ, माउन्टेन फ्लाइटमा रोक
बुधबार, २७ असार २०८०, २२ : २४

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटना पछि नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरहरुको उडानमा कडाइ गरेको छ । बुधबार एक सूचना जारी गर्दै क्यानले उद्धार उडानलगायत हेलिकप्टर सञ्चालनका लागि अनुमति जारी गर्ने तर मनसुन अवधिमा माइन्टेन फ्लाइट (हिमाली उडान) मा रोक लगाउने निर्णय गरेको छ ।
यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि जस्ता गैरअत्यावश्यक उडानहरू पनि सेप्टेम्बरसम्म प्रतिबन्धित गर्ने क्यानले निर्णय गरेको छ । कम्पनीमा शेयर भएका उडान चालक दलले सबै प्रकारका व्यावसायिक उडानहरूको लागि इजाजतपत्रको विशेषाधिकार प्रयोग गर्न नपाउने पनि क्यानले निर्णय गरेको छ ।
सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान दुर्घटना हुँदा पाइलट र पाँच यात्रुको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?