मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि उडानमा क्यानको कडाइ, माउन्टेन फ्लाइटमा रोक
बुधबार, २७ असार २०८०, २२ : २४
काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटना पछि नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरहरुको उडानमा कडाइ गरेको छ । बुधबार एक सूचना जारी गर्दै क्यानले उद्धार उडानलगायत हेलिकप्टर सञ्चालनका लागि अनुमति जारी गर्ने तर मनसुन अवधिमा माइन्टेन फ्लाइट (हिमाली उडान) मा रोक लगाउने निर्णय गरेको छ ।
यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि जस्ता गैरअत्यावश्यक उडानहरू पनि सेप्टेम्बरसम्म प्रतिबन्धित गर्ने क्यानले निर्णय गरेको छ । कम्पनीमा शेयर भएका उडान चालक दलले सबै प्रकारका व्यावसायिक उडानहरूको लागि इजाजतपत्रको विशेषाधिकार प्रयोग गर्न नपाउने पनि क्यानले निर्णय गरेको छ ।
सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान दुर्घटना हुँदा पाइलट र पाँच यात्रुको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण