बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघमा पाकिस्तानी प्रस्तावमाथि भारतको समर्थन, नेपालसहित ७ मुलुक तटस्थ

बिहीबार, २८ असार २०८०, ११ : ३५
बिहीबार, २८ असार २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघमा पाकिस्तानले राखेको एउटा प्रस्तावमा भारतसहित २८ मुलुकले समर्थनमा पारित भएको छ । राष्ट्रसंघको ‘ह्युमन राइट्स काउन्सिल’ मा बुधबार पाकिस्तानले कुरान जलाउनेजस्तो घटनाविरुद्ध कडा कारबाहीको मागसहित प्रस्ताव पेस गरेको थियो ।

४७ सदस्यीय काउन्सिलमा अमेरिका लगायत १२ मुलुकले प्रस्तावको विपक्षमा मत दिएका थिए भने नेपालसहित ७ मुलुकले कुनै पक्षमा मत नदिने भन्दै तटस्थ रहने निधो गरेका थिए ।

स्वीडेनमा ईद–अल–अजहाका अवसरमा स्टकहोमको एउटा मस्जिद बाहिर एक जना युवकले कुरान जलाएका थिए । अमेरिकी न्यूज च्यानल ‘सीएनएन’का अनुसार ती युवकलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार अन्तर्गत एक दिने प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति दिएको थियो ।

इस्लामिक मुलुकहरुका अतिरिक्त पोप फ्रान्सिस र स्वीडेन सरकारले समेत उक्त घटनाको निन्दा गरेको थियो ।

‘ह्युमन राइट्स काउन्सिल’ मा उक्त प्रस्तावमाथि छलफल हुँदा प्रस्तावको पक्षमा रहेका मुलुकहरुले कुरान जलाउनेजस्तो घटनाका कारण घृणा र आक्रोस बढाउने भन्दै अभिव्यक्ति स्वतन्त्रताका नाममा यस्ता गतिविधिलाई प्रोत्साहन गर्न नहुने तर्क गरेका थिए । तर अमेरिकासहितका केही पश्चिमी मुलुकले भने यस प्रकारको घटनाको निन्दा गरे पनि अभिव्यक्ति स्वतन्त्रताको अर्थ कहिलेकाहीँ असहनीय विचार पनि सहनुपर्ने तर्क गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप