राष्ट्रसंघमा पाकिस्तानी प्रस्तावमाथि भारतको समर्थन, नेपालसहित ७ मुलुक तटस्थ
काठमाडौं । संयुक्त राष्ट्रसंघमा पाकिस्तानले राखेको एउटा प्रस्तावमा भारतसहित २८ मुलुकले समर्थनमा पारित भएको छ । राष्ट्रसंघको ‘ह्युमन राइट्स काउन्सिल’ मा बुधबार पाकिस्तानले कुरान जलाउनेजस्तो घटनाविरुद्ध कडा कारबाहीको मागसहित प्रस्ताव पेस गरेको थियो ।
४७ सदस्यीय काउन्सिलमा अमेरिका लगायत १२ मुलुकले प्रस्तावको विपक्षमा मत दिएका थिए भने नेपालसहित ७ मुलुकले कुनै पक्षमा मत नदिने भन्दै तटस्थ रहने निधो गरेका थिए ।
स्वीडेनमा ईद–अल–अजहाका अवसरमा स्टकहोमको एउटा मस्जिद बाहिर एक जना युवकले कुरान जलाएका थिए । अमेरिकी न्यूज च्यानल ‘सीएनएन’का अनुसार ती युवकलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार अन्तर्गत एक दिने प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति दिएको थियो ।
इस्लामिक मुलुकहरुका अतिरिक्त पोप फ्रान्सिस र स्वीडेन सरकारले समेत उक्त घटनाको निन्दा गरेको थियो ।
‘ह्युमन राइट्स काउन्सिल’ मा उक्त प्रस्तावमाथि छलफल हुँदा प्रस्तावको पक्षमा रहेका मुलुकहरुले कुरान जलाउनेजस्तो घटनाका कारण घृणा र आक्रोस बढाउने भन्दै अभिव्यक्ति स्वतन्त्रताका नाममा यस्ता गतिविधिलाई प्रोत्साहन गर्न नहुने तर्क गरेका थिए । तर अमेरिकासहितका केही पश्चिमी मुलुकले भने यस प्रकारको घटनाको निन्दा गरे पनि अभिव्यक्ति स्वतन्त्रताको अर्थ कहिलेकाहीँ असहनीय विचार पनि सहनुपर्ने तर्क गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण